हरिवंश आचार्यको बालापनको दशैंः दक्षिणाको १६ पैसाले फिल्म हेरेँ

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यसबर्षको वडा दशैं कलाकारहरुले पनि मनाएका छन् । यसका साथै वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले आर्टिष्ट खबरसँग आफ्नो बालापनको दशैंका केहि पल सेयर गरेका छन् ।

आजभन्दा पचास बर्ष पहिलाको कुरा हो काठमाडौंको गैरीधारामै बाल्यकाल बित्यो । त्यो बेलामा दसैं भन्ने बित्तिकै माथिदेखी तलसम्म नयाँ लुगा लगाउन पाइन्छ भन्ने लाग्थ्यो । टोपि देखी जुत्ता सम्म नयाँ लुगा लगाउँदा मान्छे नै नयाँ भएको अनुभूति हुन्थ्यो । नयाँ कपडाको बासना सुघ्ने गरिन्थ्यो, साथी भाईलाई कपडा देखाउन खुबै मन लाग्थ्यो । दसैंको टिकाको दिन आफ्नै दिदिहरुसँग दक्षिणा कसको धेरै हुन्छ भन्ने कम्पिटिसन गरिन्थ्यो । धेरैजसो एक मोहोर (५० पैसा) दक्षिणा दिन्थे । दक्षिणा संगालेर गुच्चा किन्ने र मलाई बढी फिल्म हेर्न मन लाग्थ्यो । हलमा चारनम्बरी सिट भन्ने हुन्थ्यो, जुन सस्तो पाइन्थ्यो । शनिबार बिद्यार्थीका लागी भनेर १६ पैसामा फिल्म हेर्न पाइन्थ्यो । बालकुनीको सिटका लागी तीन मोहोर सम्म पथ्र्यो तर हामी त्यत्रो पैसा किन खर्च गर्ने भनेर १६ पैसाकै चारनम्बरी सिटमा बसेर फिल्म हेरिन्थ्यो ।