मनोज गजुरेलको बालापानको दशैंः दक्षिणाको खाम हेर्न ट्वाइलेटमा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">हाँस्य कलाकार मनोज गजुरेलको बालापनको दशैंका रमाइला पलहरु उनकै शब्दमाः&nbsp;</p><p style="text-align: justify; "><i>"दसैं पर्व सानो छँदा नै निकै रमाइलो हुन्थ्यो । मेरो बालापन ताप्लेजुङमा बितेको हो, बि.स. २०३५ सालमा पाँचबर्षको छँदा हाम्रो लागी ५० पैसा पनि निकै ठुलो लाग्थ्यो, दक्षिणामा ५० पैसा पाएको याद छ । धेरैबाट एकसुका (२५ पैसा) पाइन्थ्यो । सानो छँदा त सिधै पैसा हातैमा राखिदिने चलन थियो, तर केहि पछि खाममा दिने चलन आयो त्यो समयमा चाँही खाममा दक्षिणा कति छ होला भनेर साह्रै छटपटि हुन्थ्यो । टिका लगाएपछि सँगै खाम हातमा पर्दा कतिखेर उठेर अलिपर गएर खाम हेरिहालम हुन्थ्यो, हतार हतार गर्दै ट्वाइलेटमा गएर खाम खोलेर हेरेको याद छ । अर्कोकुरा दशैंमा खानेकुरामा सबैभन्दा मनपर्ने भनेको दही, चिउरा र केरा हो । अहिलेपनि कहिले काँही दहि, चिउरा खाइयो भने ताप्लेजुङमा सानो छँदा खाएको याद आउँछ, त्यो क्षण कहिल्यै भुल्न सक्दिन । घरमा माछा मासु चल्दैनथ्यो, घरमा मैले नखाएपनि छिमेकीको मा गएर लुकी लुकी दसैंमा चाँही खाने गरेको थिएँ ।"</i></p><div style="text-align: justify; "><br></div>