‘यार’लाई पद्यश्री साहित्य पुरस्कार

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

डा. तारानाथ शर्मा (तारानाथ भण्डारी) लाई ‘पद्यश्री साधना सम्मान’  र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएबापत उनीहरुलाई यस सम्मान दिइएको हो । एक कार्यक्रमका बिच प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनकी माता हरिकला लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार एवम् सम्मान प्रदान गरेका हुन् ।

खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशि रु. दुई लाखसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले विसं २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र विसं २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आएका एक स्रष्टालाई ती सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

आख्यान लेखनको विशिष्ट शिल्प रहेको ‘यार’ भित्र लेखकका निजी संस्मरणलाई जीवन्त रुपमा बुनिएका छन् । दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकको निबन्ध २००८ सालमा छपाएर नेपाली निबन्ध साहित्यमा उदाएका डा शर्माका सम्पादन तथा लेखनमा हालसम्म ३३० कृति छन् । सम्मानित व्यक्तित्व डा शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताए ।