‘चङ्गा चेट’ र ‘मालिका’ भिड्ने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्रहरु सातामै दुई देखी तीनवटा प्रदर्शन भइरहेका छन् । बिशेष चाडपर्वको अवसरमा ठुला ब्यानरका दुईवटा चलचित्रपनि प्रदर्शन हुँदै आएका छन् । दशैंपर्वको अवसरमा ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ प्रदर्शनमा आएका छन् ।  यसकासाथै ‘चङ्गा चेट’ र ‘मालिका’ पनि सँगै प्रदर्शन हुने भएका छन् ।

आउँदो कात्तिर्क १६ बाट दुबै चलचित्र प्रदर्शनमा आउँदैछन् । लक्ष्मी पुजाको दिन प्रदर्शन गर्ने भनिएको मालिका तिहारको बिदाको दिनपार्दै अघि सारिएको हो । चङ्गा चेट दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । नेपाली चलचित्रक्षेत्रमा दीपेन्द्रलाई राम्रो चलचित्र बनाउने निर्देशकको रुपमा निचिन्छ । यस्तै मालिका नायिका रेखा थापाले निर्देशन गरेकी हुन्, चलचित्रमा उनी आँफैले अभिनय पनि गरेकी छिन् । रेखाले निर्माण गरेका चलचित्रपनि सफल हुँदै आएका छन् । यसअर्थमा दुबै चलचित्रबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

चङ्गा चेट आयुष्मान देशराज जोशी श्रेष्ठ र परमिता राज्य लक्ष्मी राणाका कारण अझ बढी चर्चामा छ । यी दुई पुर्वप्रेमी एउटै स्क्रिनमा देखिने भएपछि चर्चा चुलिएको हो । यस्तै चलचित्रमा नायिका प्रियंका कार्कीपनि छिन् तर उनी आयुष्मानको बिपरीत भूमिकामा देखिनेछिन् । चलचित्रको ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले चर्चामा छ । रेखाको मालिकामा जाजरकोटकी कमला ओलीको मुख्य भूमिका रहेको छ । नर बहादुर कार्कीकको कथामा बनेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द छ । बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषयमा बनेको यो चलचित्रको ट्रेलर तथा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।