तीन करोडमाथिको कलेक्सन गर्दै ‘जय भोले’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’को निर्माण टिमले चलचित्रको कलेक्सन सार्वजनिक गरेका छ । १ करोड ३० लाख रुपैंयामा निर्माण भएको यो चलचित्रले पहिलो सातामै तीन करोडमाथिको कलेक्सन गरेको बुधबार एक कार्यक्रमका बिच जानकारी गराइयो । रिपोर्ट अनुसार प्रदर्शनको एक हप्तामा चलचित्रले ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँको कमाई गरेको छ ।

‘प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर चलचित्र नाफाको बाटोमा हिँडेको छ । उनी भन्छिन्, ‘बाह्र वर्षपछि निर्माण र निर्देशनमा फर्किएको हुँ । मेरो लागि यो चलचित्रको व्यापारिक नतिजाले धेरै ठूलो अर्थ बोक्छ । अब ढुक्क भएँ ।’ चलचित्रका निर्देशक अशोक शर्माले भने ।

चलचित्रले घरेलु बजारमा सुखद व्यापार गरिरहँदा निर्देशक शर्माले अर्को बर्षको दशैंमा नयाँ चलचित्र लिएर आउने घोषणा गरिसकेका छन् । चलचित्रको नाम ‘रातो टिका निधारमा’ जुराइएको छ । कलाकारको भने टुंगो नलागेको उनी बताउँछन्। चलचित्रलाई उनी स्वयमले निर्देशन गर्नेछन् । जय भोलेमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा खगेन्द्र स्वयमले लेखेका हुन् ।