दोस्रो सातामा ‘छक्का पन्जा ३’को व्यापार १३ करोड ६० लाख

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

निर्देशक तथा कलाकार दीपाश्री निरौला निर्देशित तेस्रो चलचित्र ‘छक्का पन्जा ३’ ले दर्शकको मन जितेको कारण उनी निकै खुसी छिन्। घटस्थापनाबाट प्रदर्शनमा आएको यो चलचित्र गएको बुधबारबाट प्रदर्शनको दास्रो सातामा प्रवेश गरेको छ । दीपा र दीपककै लगानीमा तयार भएको चलचित्रको दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । एकसाता मुस्किलैले चलचित्र हलमा टिक्ने गरेको वर्तमान समयमा  ‘छक्का पन्जा ३’ले भने  बम्पर कलेक्शनका साथ प्रदर्शनको दास्रो सातामा प्रवेश गरेको छ।

एकल प्रर्दशनको अवसर पाएको  ‘छक्का पन्जा ३’ ले ओपनिङ व्यवसाय नै राम्रो गर्न सफल भएको थियो । प्रदर्शनको दुई दिनमा नै यो चलचित्रले २ करोडमाथि कमाएको थियो । निर्माण टिमका एक सदस्यले बताएबमोजिम चलचित्रले दास्रो सातामा आईपुग्दा १३ करोड ६० लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रका निर्माता निर्देशक दिपकराज गिरी तथा दीपाश्री निरौलाले लगायत सम्पुर्ण टिमले चलचित्रको यो सफलताको खुसी सञ्जालमार्फत शेयर गर्दै दर्शकलाई धन्यवाद दिईरहेका छन् ।

निर्देशक दीपाले चलचित्रले अहिले पनि राम्रो ब्यवसाय गरिरहेको जानकारी दिइन् । उनले भनिन्  ‘प्रदर्शनको दिनदेखि अहिलेसम्म चलचित्रमा दर्शक घटेको छैन् । चलचित्रले सरकारी विद्यालय र निजी विद्यालयको विषयवस्तु कथाको रुपमा उठाएको कारण  ‘छक्का पन्जा ३’ सफल भएको हो । लगातार चलचित्रको सफलताले चुनौती धेरै थपिएको छ ।’

स्वस्तिमा खड्का र वर्षा राउतको अतिथि भूमिका रहेको चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।