नेपाल पनि मिसेस इन्टरनेशनलमा जाने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

आउँदो आइतबार देखी सिंगापुरमा हुने ‘मिसेस इन्टरनेशनल २०१८’मा नेपालले पनि सहभागी जनाउने भएको छ । अमेरिका, युरोप लगायत विश्वका २५ राष्ट्रका बिवाहित सुन्दरीहरुको प्रतिस्पर्धा रहने यस प्रतियोगीतामा नेपालको तर्फबाट तीन सुन्दरीले सहभागीता जनाउने भएका छन् । जस अन्तर्गत मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ अलाईजा महर्जनले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार मिसेस इन्टरनेशनल २०१८ आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म हुनेछ । जसका लागि प्रतियोगीहरु शनिबार सिंगापुरतर्पm लाग्नेछन् । झाका अनुसार प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा हुनेछ । सिंगापुर विमानास्थलमा उत्रेदेखि नै प्रतियोगिहरुको मूल्यांकन प्रक्रिया शुरु हुनेछ । प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेशिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुर पुगेर हुनेछ ।

नेपालको प्रतिनिधित्व गर्ने मिसेस सुन्दरीहरुले प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता विरेन्द्र हमाल लगायतसँग विभिन्न विधाको प्रशिक्षण लिई आफुलाई तयार गरिरहेका छन् भने मञ्जुश्री, कन्टेम्पोरी नृत्य, अभिनयलगायत नेपाल चिनाउने विशेष प्रस्तुति पनि पस्कने कार्यक्रम छ । मिसेस सुन्दरीहरुले आइआईएफटी, क्षितीजा कलेक्सन र भूमि बुटिकले तयार पारेका राष्ट्रिय पोशाकदेखि विभिन्न आकर्षक पहिरनमा आफुलाई प्रतियोगितामा उतार्नेछन् । मिसेस इन्टरनेशल सिंगापुरको टीकेएस एण्ड सन्सले आयोजना गर्दै आएको छ । प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेल लगायतको टोली सिंगापुर पुग्नेछ ।