‘रुमालै छ चिनो’ को ‘ए माया’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

सम्पादनको अन्तिम चरणमा पुगेको नेपाली चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । यसमा अर्जुन पोखरेल र अन्जु पन्तको आवाज सुन्न सकन्छि । यो गीतमा शब्द र संगीत अर्जुन पोख्रेलको छ ।  सो गीतमा नायक सुशान्त कार्की र नायिका अफ्सना थापा देखिएका छन् लोक शैलीमा निर्माण गरिएको यस गीतको भिडियोमा कोरियोग्राफी सागर लामाको रहेको छ ।

गत कात्तिक २२ मा निर्माण प्रारम्भ भएको सो चलचित्र ‘रुमालै छ चिनो’ काठमाडौं, ललितपुर, रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न स्थानमा पुगेर ५० दिनमा छायांकन सकिएको थियो । सम्पादनको अन्तिम चरणमा पुगेको ‘रुमालै छ चिनो’ मंसिर दोस्रो साता हलमा ल्याउने निर्माण पक्षको योजना छ ।

यसमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अफ्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, शान्ति श्रेष्ठ, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

गोरखा सैनिकमा भर्ती भएको एउटा वीर गोर्खालीको सपनामा केन्द्रित चलचित्र ‘रुमालै छ चिनो’ लाई दिनेशसिंह ठकुरीले निर्देशन गरेका छन् । भिडियो छायांकन बिनोद सापकोटाले गरेका हुन् भने सम्पादन शिव थारुको रहेको छ ।

ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्र चन्द्रबहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको निर्देशक ढकुरीले बताए ।

(भिडियो)