‘बधाई हो’ माथि चोरिको आरोप

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘बधाई हो’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । आयुष्मान खुरानाको मुख्य भूमिका रहेको यो चलचित्रले बक्सअफिसमा मध्यम ब्यापार गरिरहेको छ । प्रदर्शन अघि खासै प्रचारप्रसार नसुनिएपनि चलचित्र हेरिसकेका दर्शकले चलचित्र मन पराएका छन् । यसैबिच चलचित्र प्रदर्शन हुँदै गर्दा चलचित्रको कहानीमाथि एक लेखकले चोरीको आरोप लगाएका छन् ।

छत्तीसगढका लेखक तथा पत्रकार पारितोष चक्रवर्तीले ‘बधाई हो’ का निर्माता, निर्देशक र लेखकमाथि उनको कहानी चोरेर फिल्म बनाएको आरोप लगाएका छन् । चक्रवर्तीले तीन जनाकै विरोद्धमा रायपुरको पन्डरी प्रहरी थानामा एफआईआर दर्ता गरेका छन् । आइएएनएसको रिपोर्ट अनुसार, पन्डरी प्रहरी थानाका प्रभारी सोनल ग्वालाले भनेका छन्, ‘हामीलाई लिखित उजुरी मिलेको छ । अहिले त्यसमाथि जाँच चलिरहेको छ ।’ उजुरीमा चक्रवर्तीले १९ वर्ष अगाडि प्रकाशित उनको कहानी संग्रह ‘घर बुनते हुए’ मा समावेश ‘जड’ नामक कहानी चोरेर चलचित्र ‘बधाई हो’ बनाएको उल्लेख छ ।

उनले भने, ‘सन् १९९८ मा आनन्द बजार पत्रिका समूहको पत्रिका सुनन्दा र हिन्दी साप्ताहिक पत्रिका कादम्बिनीमा ‘जड’ कहानीको बांग्ला अनुवाद छापिएको थियो । यो कहानीको विना अनुमती फिल्ममा हुबहु कपी गरिएको छ ।’ १८ अक्टोबरमा फिल्म रिलिज भएको ‘बधाई हो’ लाई अमित शर्माले निर्देशन गरेका हुन् ।