दीपिकाको बिवाहको पोष्टमा पूर्वप्रेमी सिद्धार्थको यस्तो प्रतिक्रिया

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री दीपिका पादुकोण हाल बिवाहका कारण निकै चर्चामा छिन् । उनका लामो समयदेखि रहँदै आएका प्रेमी रणवीर सिंहसँग विवाह गर्दैछिन् । प्रेमी रणवीर सिंहसँग विवाह गर्ने बारेको खबर दीपिकाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी थिइन् । उनको यो खबरमा यस अघि दीपिकासँग प्रेम सम्बन्धका रहेका पूर्व प्रेमी सिद्धार्थ माल्याले विशेष तरिकाले प्रतिक्रिया दिएका छन् ।

दीपिका पादुकोण बलिउड फिल्म जगतमा आएसँगै उनको अफेयर कैयौं व्यक्तिहरुसँग चलेको थियो । फिल्म जगत, खेल जगत र उद्योग जगतका व्यक्तिहरुसँग उनको नाम जोडिइसकेको छ । रणवीर सिंहभन्दा अघि दीपिका भारतीय उद्योगपति विजय माल्याका छोरा सिद्धार्थ माल्याको प्रेममा थिइन् । दीपिकाले सामाजिक सन्जालमार्फत केही दिनअघि अभिनेता रणवीर सिंहसँग विवाह गर्ने बारेका जानकारी सहितको पोष्ट गरेकी थिइन् । त्यसको कमेन्ट बक्समा सिद्धार्थ माल्याले ‘माया’ र ‘चुम्बन’ सहितको इमोजी  कमेन्ट गरेका छन् दीपिका र सिद्धार्थ माल्याले आफूहरुबीचको सम्बन्ध सार्वजनिक रुपमा स्वीकार भने कहिल्यै गरेका थिएनन् । तर यी दुवै त्यस समयमा हुने आईपीएल म्याचको बेला तथा अन्य विभिन्न पार्टीहरुमा सँगसँगै सहभागी हुने गर्थे । दुबैका तस्विरहरु मिडिया तथा सामाजिक सञ्जालमा भाइरल हुने गर्थे ।

यी दुईबीचको प्रेम सम्बन्ध अहिले टुटिसकेको छ । तर दीपिकासँग छुट्टिइसकेका सिद्धार्थ अहिले पनि दीपिकाको हरेक कुरामा चासो राख्ने गर्छन् । दीपिका पादुकोण र रणवीर सिंह यसै वर्षको नोभेम्बर १४ र १५ मा विवाह गरिरहेका छन् । यी दुवैले विवाह कुन स्थानमा गर्ने भन्ने बारेको आधिकारिक जानकारी भने दिइसकेका छैनन् ।तर मिडियाहरुका अनुसार दीपिका र रणवीर इटालीको लेक कोमोमा विवाह गर्ने खबरहरु सार्वजनिक भएका छन् ।