आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘बुलबुल’को ‘खुद्राखुद्री’ बोलको नयाँ गीत नयाँ शैलीबाट सार्वजनिक गरिने भएको छ । फ्ल्यास मोब शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाँच्नेछन् र गीत सार्वजनिक हुनेछ । यहि आउँदा १५ गते काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा गीत रिलिज हुनेछ । १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको छ।

चलचित्रका निर्माता अविरल थापाका अनुसार काठमाडौं बाहिर स्वयंसेवी डान्सर खटाइएको छ । काठमाण्डौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खडका र कलाकार मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युटयुब र मिडिया मार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् । चलचित्र आउँदा फागुन ३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ ।