बेलायतमा अध्यारोबाट उज्यालो तर्फको यात्रा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

‘अँध्यारोबाट उज्यालो तर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ भन्ने नारासहित यती नेपाली एसोसीयसन युके र एनआरएन युकेले बेलायतमा एक सांगितीक कार्यक्रम आयोजना गर्ने भएको छ । गायक हेमन मोक्तानले गैह्र नाफा मुलक संस्था मानव जीवन संरक्षण मञ्च, नेपाल मार्फत बिश्व भरी गर्न लागेको यो अभीयान बेलायतबाट सुरुवात गर्न लागेका छन् ।

झन्डै पाँच करोडको अक्षयकोष निर्माण गरि नेपाल सरकारद्वारा पिछडिएको क्षेत्र घोषित ७ वटै प्रदेशका ५७ स्थानीय तहका विद्यार्थी लाभान्वित हुनेगरी सौर्य ऊर्जा सहितको कम्प्युटर प्रयोगशाला स्थापना गर्ने उदेश्यका साथ मञ्चले यस अभियान अगाडि बढाएको हो । सो सांगीतीक अभीयानको प्रमुख अतिथी पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बिशेष अतिथी बेलायतका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुवेदी  रहने र १७ नोभेम्वरमा लन्डनको ग्रीनफोर्ड टाउन हलमा बृहत् सांगीतिक कार्यक्रम हुनेछ।  कार्यक्रममा गायक एवम संयोजक ‘अँध्यारोबाट उज्यालो तर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’का हेमन मोक्तान , नेपालका चर्चीत हाँस्यकलाकार मनोज गजुरेल र अभिनेत्री मरिस्का पोखरेलको सास्कृतिक साझ रहनेछ ।

कार्यक्रम बेलायतपछिको अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू जस्ता २० मुलुकमा अभियान पु¥याउने लक्ष्य लिइएको र पहिलो चरणको कार्यक्रमको समापन बिश्व कै अग्लो स्थानमा रहेको तिलीचो ताल मनाड्गमा गरीने भयको छ । जसबाट तिलीचो ताल बिश्व पर्यटनको प्रमुख गन्तब्यमा स्थापित हुने बिश्वास लिइएको छ ।