आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बेलायतमा अध्यारोबाट उज्यालो तर्फको यात्रा दशैंको फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ अहिलेपनि नेपाली हलहरुमा हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । यसैबिच चलचित्र नयाँ शक्तिका पार्टी अध्यक्ष बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यामीले हेरेका छन् । नेता भट्टराईले उनले सुरुवातमा आफुलाई जय भोले प्रति धेरै अपेक्षा नभएता पनि हेर्दै जाँदा मन परेको बताए । चलचित्रले उठाएको धनी र गरिब परिवारका दुई युवाको मित्रताको कथा आफुलाई उत्कृष्ट लागेका उनको भनाई छ ।

यस्तै बाबुरामकी धर्मपत्नी हिसिला यमीले पनि आफुलाई सिनेमाको कथा र मेकिङ निकै मन परेको बताइन् । उनले भनिन् ‘निर्माता तथा निर्देशक अशोक शर्माले एउटा राम्रो चलचित्र निर्माण गर्नु भएकोले सम्पुर्ण दर्शकलाइ चलचित्र हर्न आग्रह गरिन् । निर्माता तथा निर्देशक अशोक शर्माले केहिदिन पहिले पत्रकार सम्मेलनको आयोजना गर्दै जय भोलेको लगानी पहिलो हप्तामै सुरक्षित भएको जानकारी दिएका थिए । सफलताका साथ दोस्रो सातामा प्रदर्शन भैरहेको सिनेका हेर्ने दर्शकको चाप अहिले पनि हलमा राम्रो देखिएको छ । अभिनेता खगेन्द्र लामिछानेको लेखन रहेको चलचित्रमा उनका अलवा सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, लक्ष्मी गिरी, बसुन्धरा भुषाल किशोर भण्डारी लगायतका कलाकारको मुख्य रहेको छ ।

१२ कार्तिक २०७५, सोमबार ०५:३३