सिक्किममा गुञ्जियो नेपथ्य

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली लोक रक ब्याण्ड नेपथ्यले भारतको सिक्किममा आफ्नो प्रस्तुती दिएको छ । रातको ८ बजे समुद्री सतहभन्दा २१ सय मिटर उचाइमा रहेको छो जो तालमा आफ्ना चर्चित गीतहरुको साथमा उपस्थित हजारौं दर्शकलाई झुमाएका थिए । लामो समयदेखि वर्षेनी आयोजना हुँदैआएको यहि उत्सवमा यसपटक नेपाली लोकरक ब्याण्ड नेपथ्यलाई निम्त्याइएको थियो । कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ हुँदै ‘आँगनैभरि हिउँ नै झरे’ तिर लम्कँदै थियो ।

कार्यक्रम नेपथ्यको पछिल्लो सिर्जना ‘शिरफूल शिरैमा’ हुँदै ‘लामपाते सुरती’, ‘चरि मर्यो’ लगायतका गीत प्रस्तुत गरिएको थियो । ‘जोमसोमे बजारमा’ गाइरहेको बेलामा गायक अमृतले अघिल्लो दिनको अनुभव सुनाए । कार्यक्रमको अन्त्यतिर ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमाल चुचुरे’ र ‘मै नाचे छमछमी’ जस्ता गीतहरु प्रस्तुत गरिरहँदा भिक्षु पोशाकमै उपस्थित पचासौं युवाहरु पनि नाचिरहेका देखिन्थे ।