मौलिकपन सहितको ‘मुन्द्रेको कमेडी क्लब’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)को परिकल्पनामा कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । शनिबार राजधानीको पाँचतारे होटल अन्नपुर्णमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा बिस्तृत जानकारी दिइयो । परिकल्पनाकार मुन्द्रेका अनुसार यहि कात्तिक १९ गतेदेखी हरेक सोमबार राती ८ः५० मा प्रशारण हुनेछ ।

कि इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको यो कमेडी रियालिटी शोको अहिलेसम्म पाँच भाग छायांकन भइसकेको छ । शोमा समसामाहिक बिषयवस्तुलाई पहिलो प्राथमिकता दिइने बताइयो । यस्तै शोमा नेपालका चर्चित कलाकारहरुको उपस्थिती रहने बताइयो । कलाकार तथा निर्देशक दीपाश्री निरौला र राजाराम पौडेलको प्रमुख उपस्थिती रहने यो शोमा उमेश राई (फुलन्देकी आमा) महिलाको भूमिकामा देखिदैछन् । उमेश आँफू पुरुष भएपनि शोमा महिलाको भेषबाट कमेडी गर्नेछन् । उनी यसअघि केहि टेलिसिरियलमा महिलाको भूमिकामा देखिएका छन् । साथै पोखरेली धुर्मुसको उपनामबाट परिचित राजेन्द्र नेपाली पनि शोमा नियमित देखिनेछन् ।

कार्यक्रममा मुन्द्रेले कार्यक्रमको प्रकृतिबारे प्रष्ट पारेका थिए । नेपालमा बिदेशी कमेडी रियालिटी शो निकै लोकप्रिय भइरहेका बेला नेपालमै पनि नेपालीले नै निर्माण गरेको शो ल्याउनुपर्छ भन्दै आफू लागेको उनले बताए । उनले बिगत केहिबर्षदेखी रियालिटी शोको परिकल्पना गरेको तर राम्रो निर्माण कम्पनी नपाएको बेला कि इन्टेरटेन्मेन्ट सम्झौता भएको बताए । ‘मैले धेरै पहिलो कमेडी रियालिटी शो अब नेपालमा पनि ल्याउनुपर्छ भन्ने सोँच बनाएको थिएँ, तर सोँचले मात्र पनि नहुने रहेछ । यस्तो प्रकारको शोका लागी धेरै खर्च लाग्ने भएकाले राम्रो स्पोन्सर, निर्माण कम्पनी नपाउँदा ल्याउन सकेका थिएनौं, अहिले कि इन्टरटेन्मेन्टका शशी जीलाई भेटेपनि यो सोँच अब अगाडी बढेको छ’ मुन्द्रेले भने । यस्तै उनले चलचित्रको काममा ब्यस्त भइरहेका बेला किन फेरी टेलिभिजनको पर्दामै फर्किनुभयो भन्ने पत्रकारहरुको प्रश्नमा उनले चलचित्रबाट मात्र नेपालका सम्पुर्ण दर्शक सम्म आफू पुग्न नसकेको बताए । ‘म कार्यक्रमको शिलशिलामा नेपालका धेरै ठाउँमा पुगेको छु, टेलिसिरियल जिरे खुर्सानी हेर्ने दर्शकले अहिले कता हराउनुभयो भन्ने प्रश्न गर्नुहुन्छ, अहिलेसम्म पनि नेपालका कतिपय ठाउँका दर्शकले हलसम्म पुगेर फिल्म हेर्नुभएको छैन, त्यस्ता दर्शकका लागी टेलिभिजनको पर्दामा आउनै पर्छ, त्यसैले पनि यो शो आउनु आवश्यक छ’ जितुले शोको परिकल्पनाको उद्देश्यबारे प्रकाश पारे ।

कार्यक्रमको निर्माता कि इन्टरटेन्मेन्टका शशीले कार्यक्रमको निर्माणमा एकभागका लागी ७ लाख बराबरको बजेट लाग्ने बताए । उनले शोमा देखिने र नदेखिएका प्राविधिक पक्ष सबै नेपालीनै प्रयोग भएको पनि बताए । यस्तै कलाकार दीपाश्री निरौलाले ‘मुन्द्रेको कमेडी क्लब’ बिदेशी कमेडी रियालिटी शोबाट केहि प्रभावित भएता पनि मौलिक पन भएको बताइन् । नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्टले टेलिभिजन केहि समयमै एचडि फर्मेटमा जाने भएकाले ‘मुन्द्रेको कमेडी क्लब’ पनि छिट्टै नै एचडी फर्मेटमै हेर्न पाइने बताए ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)