नेपाली फिल्म ‘प्रेमलीला’को हिन्दी गीत यस्तो बन्यो (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक गरिएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक गरिएको हो । चलचित्रमा मुख्य भूमिका रहेको नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खान भिडियोमा देखिएका छन् ।

उक्त गीतको छायांकन पवन गौतम र सम्पादन चन्दन दत्त र सालिक दुलालको रहेको छ । यस्तै भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । यसअघी फिल्मको फष्र्ट लुक सार्वजनिक भइसकेको छ ।

चलचित्रमा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्काकै कथा तथा लेखन रहेको चलचित्र जनक पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । चलचित्र आउँदो माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

video: