हरिवंशको ६० औं जन्मदिन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">वरिष्ठ कलाकार हरिवंश आचार्यको ६० औं जन्मदिन मनाइएको छ । चलचित्र ‘दाल भात तरकारी’ टिम र अन्य कलाकारहरुका बिच नयाँ बानेश्वरस्थित रेडियो अडियो परिसरमा केक काटिएको थियो । महका मदनकृष्ण श्रेष्ठसँगै जन्मदिन सेलिब्रेशनमा थुप्रै कलाकारहरुको उपस्थिती थियो ।&nbsp; हरिवंशले केक काट्नेक्रममा बोल्दै आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिएको बताए । ‘बिहानै उठेर मिराको तस्बिर ढोगे र आर्शिवाद लिएँ । उनी मेरा लागि भगवान् भैसकेकी छिन् । मेरो जीवनलाई यो स्थानमा ल्याउनका लागि मिराको योगदान अमुल्य छ ।’, हरिवंशले भने ।&nbsp;</p><p style="text-align: justify; ">कलाकार मदनकृष्ण श्रेष्ठले हरिवंशलाई जन्मदिनको शुभकामना दिदै जीवन सफल हुनका लागि एक श्रीमति र एक साथी हुनुपर्ने बताए । आफूले हरिवंश जस्तो साथी पाएको भन्दै उनले आफ्नो जीवन सफल भएको समेत स्पष्ट पारे । कार्यक्रममा युवा हाँस्यब्यंग्य कलाकार सुबोद गौतमले महजोडीको नक्कल गरेर माहोल रमाइलो पारेका थिए । यस्तै हाँस्य कलाकार सिताराम कट्टेलले पनि हरिवंशको बोलीको दुरुस्तै नक्कल गरेर देखाएका थिए ।</p><div style="text-align: justify; "><br></div>