आर्टिष्ट खबर, कात्तिक, काठमाडौं ।

अहिले विश्वका एकसय बीस देशका प्रतिस्पर्धीहरु मिस वल्र्डको ६८ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेका छन् । चीनको सान्यामा भइरहेको यो प्रतियोगीतामा ६–६ जना रहेको २० वटा समूहमा विभाजन गरिएको छ ।

पहिलो चरणमा यी प्रतिस्पर्धीहरु ‘हेड टु हेड’ च्यालेन्ज गर्नेछन् । हरेक समूहका सदस्यको परिचयात्मक भिडियो र कुनै विषयमाथि उनीहरुले राखेको अभिव्यक्तिका आधारमा अर्को चरणका लागि छानिने छन् । ६ जनामध्ये एक भने पब्लिक भोटका आधारमा विजेता घोषित हुन्छन् । नेपालको तर्फबाट पनि मिस वल्र्ड २०१८मा मिस नेपाल श्रृङ्खला खतिवडाले प्रतिनिधित्व गर्दैछिन् । उनी समूह नम्बर १३ मा परेकी छिन् । उनको टिममा मिस अर्जेन्टिना, मिस बोस्निया एण्ड हर्सगोभिना, मिस ग्वाम, मिस मोल्डोभा र मिस लक्जेमवर्ग रहेका छन् । भोटिङका आधारमा छानिएका २० जना बाहे अन्यले उत्कृष्ट ३० मा पर्नका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । आउँदो डिसेम्बर ८ मा मिस वल्र्डको फाइनल हुँदैछ ।