रिलिज अघिनै ‘जात्रै जात्रा’ अष्ट्रेलियाका लागी ३५ लाखमा बिक्री

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

प्रदर्शन नै नभएको चलचित्र ‘जात्रै जात्रा’ अष्ट्रेलियाका लागी ३५ लाखमा बिक्री भएको छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्रको अष्ट्रेलियामा प्रदर्शन गर्नका लागी ‘होर होइन होला इभेन्ट’ र ‘पप अप इन्टरटेन्मेन्ट’ले  ‘जात्रै जात्रा’ उक्त सर्वाधिकार खरिद गरेका हुन् ।

पहिलो फिल्मले दर्शकको मन जितेको र  ‘जात्रै जात्रा’  को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको सर्वाधिकार खरिद संस्थाले जनाएको छ । निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँका अनुसार अन्य देश हरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको छ । यस्तै, ब्राण्डहरु सँगको सहकार्य र विदेश राईटको बिक्री आँकलन गर्दा हेर्दा चलचित्रको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ ।

हाल अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठुलो प्रतिफल दिने देशमा गनिन्छ । त्यस पछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् । निर्देशक भट्टराईको अघिल्लो चलचित्र ‘जात्रा’ले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो चलचित्र ‘शत्रुगते’ले सिड्नीमा मात्र १७ शो र अष्ट्रेलिया भर ४० भन्दा  बढी हाउसफुल शोहरु गर्न सफल भएको थियो ।  षट्कोण आर्टस् प्रा लि को ब्यानरमा निर्मित ‘जात्रै जात्रा’ यहि फागुन १७ गते देखि प्रदर्शनमा आउदैछ । चलचित्रमा रबिन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।