आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

मुम्बईमा बस्दै आएकी नायिका निरुता सिंह नेपाल फर्किएकी छिन् । किरण केसी प्रस्तुत कर्ता रहेको ‘दाल भात तरकारी’ चलचित्रको मंसिर १ गतेबाट सुरु हुने छायांकनका लागी उनी बुधबार नेपाल आएकी हुन् । लामो समय मुम्बईमा बस्दै आएकी निरुताले गएको बर्षपनि ‘नाई नभन्नु ल ५’ मा काम गरेर मुम्बई फर्किएकी थिइन् ।

‘दाल भात तरकारी’मा निरुता हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् । काठमाडौं आइसकेपछि निरुता भन्छिन् ‘मलाई मदनकृष्ण र हरिवंश दाईसँग कामगर्नै पहिलेदेखी नै इच्छा थियो । म उहाँहरुको सानैदेखीको फ्यान पनि हुँ, अहिले आएर मेरो सपना पुरा हुँदैछ खुसी लागेको छ ।’ उनले अब निरन्तर चलचित्रक्षेत्रमा लाग्ने बताएकी छिन् । ‘केहि समय पारिवारीक समस्यामा थिएँ, अब निरन्तर चलचित्रक्षेत्रमा लाग्नेछु’ निरुताले भनिन् ।