सोमबारबाट बद्रीको ‘लाइभ दोहोरी’ टेलिभिजनमा

गोपिकृष्ण चापागाईं/ कात्तिक, काठमाडौं ।

दशक अघि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा टेलिभिजनमा लाइभ दोहोरीको कार्यक्रम निकै लोकप्रिय थिए । कलाकारहरु एकैठाउँमा बसेर प्रत्यक्ष सवाल सवाफको कार्यक्रम अधिकांश दर्शकले मन पराएका थिए । त्यो समयमा लोकदोहोरी गायक रामप्रसाद खनालले चलाएको ‘लोक दोहोरी’ नामक टेलिभिजन कार्यक्रम अत्यधिक हिट थियो । उनले उक्त कार्यक्रम छाडेर अमेरिका गएपछि गायक बद्री पंगेनीले निरन्तरता दिए । पछि बद्रीले पनि कार्यक्रम  छाडे । निकै लोकप्रिय भएको कार्यक्रम एक्कासी बन्द भएसँगै लामो समयसम्म लाइभ दोहोरीका कार्यक्रम दर्शकले हेर्न पाएका थिएनन् । पछिल्लो समय लोकदोहोरीको क्षेत्रमा काम गर्ने कलाकारहरुले स्टेजमा गाउने लाइभ दोहोरीका भिडियोहरु युट्यवमा निकै हेरिने गरिन्छ । अहिले अन्य केहि टेलिभिजनमा पनि कलाकारहरुले लाइभ दोहोरी गाउने गर्दछन् ।

एनटिभि प्लसबाट प्रत्यक्ष सोमबार ७ः२० बजे ‘लोक दोहोरी’

यसैबिच गायक बद्री पंगेनी फेरी टेलिभिजनमा लाइभ दोहोरीको कार्यक्रम लिएर फर्किएका छन् । लामो समयपछि उनी दर्शकको माग अनुरुप लाइभ दोहोरीको कार्यक्रम सञ्चालन गर्दैछन् । नेपाल टेलिभिजन प्लसबाट प्रत्येक सोमबार साँझ ७ः२० बाट प्रसारण हुने उक्त कार्यक्रमको पाँच भाग शुक्रबार छायांकन गरिएको छ । लाइभ दोहोरी गाउने नयाँ कलाकारहरु छन् भने मुल्यांकनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्मा र वरिष्ठ उपाध्यक्ष रमेश बिजी रहेका छन् । पहिलो भागको छायांकन स्थलमै पुगेर नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्टले गायक बद्री पंगेनीलाई शुभकामना दिएका थिए । साथै लाखौं दर्शकको रोजाईको कार्यक्रम पुनः दर्शकले हेर्न पाउने र अब निरन्तर  टेलिभिजनमा प्रसारण हुने बताए ।

‘यो कार्यक्रम नेपाल टेलिभिजनका लागी नयाँ होइन, तर इपिसोड भने नयाँ हो, धेरै दर्शकले लाइभ दोहोरीको कार्यक्रम हेर्न चाहानुभएको थियो, फेरी हामी लाइभ दोहोरीको कार्यक्रमलाई निरन्तरता दिँदै छौं, त्यसका लागी बद्री पंगेनी जीसँग फेरी टेलिभिजनको सहकार्य भएको छ’ बिष्टले भने । यस्तै उनले यस कार्यक्रमको उत्पादकको रुपमा नेपाल टेलिभिजन नै रहेको जानकारी दिए । कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, राजा राजेन्द्र पोखरले, मोडल शंकर बिसी पनि अतिथि कलाकारको रुपमा उपस्थित थिए ।

(यो समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)