सुसन मिस्टर युनिभसल एम्बेस्डरमा जाने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने उक्त प्रतियोगीतामा सहभागी हुन महर्जन आइतबार बिहान त्यसतर्फ उडेका हुन् । १८ देखि २४ नोभेम्बर सम्म ६ दिन चल्ने प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने उनी एक्लो सहभागी हुन् । प्रतियोगीतामा प्रत्येक दिन विभिन्न कार्यक्रम हुनेछ ।<br></p><p style="text-align: justify; ">इण्डीया एक्युजिट पिजेन्ट आयोजक रहेको २८ देशको सहभागीता रहने प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गर्नेछन् । ‘मिस्टर युनिभर्सल एम्बेसडर’लाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो । सुसन महर्जन ‘मिस्टर नेपाल वल्र्ड २०१८’मा ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन् । ‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको महर्जनले बताए । उनले थपे ‘ कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’&nbsp;</p>