लोकदोहोरीको इतिहासमा ‘उहि खोलीको पानी’को रेकर्ड, पुग्यो करोड भ्युज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नेपाली लोक तथा दोहोरीको गीतको इतिहासमा ‘उहि खोलीको पानी’बोलको गीतले नयाँ रेकर्ड राखेको छ । भिडियो सेयरिङ साइट युट्युवमा एक करोड म्युज पुगेसँगै यस गीतले नयाँ रेकर्ड कायम गरेको हो । यसभन्दा अघि करोड भ्युज पुग्ने नेपाली लोकदोहोरी गीत छैनन् ।&nbsp;<br></p><p style="text-align: justify; ">गायक राजन गुरुङ र गायिका देवी घर्तिको स्वरमा रहेको यो गीत दुईबर्ष अघि युट्युवमा राखिएको थियो ।&nbsp; गीतमा वसन्त थापाको संगीत छ भने आशिष अविरलले एरेन्ज गरेका हुन् । ब्रदर्श क्रियशनको प्रा. लि. को उत्पदान तथा वितरक रहेको यो गीतमा केवश पौडेलको शब्द छन् ।&nbsp; भिडियो बब्‍बु थापाले निर्देशन गरेका हुन् भने&nbsp; करन चैसिरले छायांकन र प्रविण भट्टको सम्पादन गरेका हुन् । भिडियोमा स्वयम् गायक राजन गुुरुङ्ग, रश्‍मी तामाङ्ग, वसन्त थापा र करिष्‍मा ढकालको अभिनय रहेको छ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">गायक गुरुङले लोकदोहोरीको क्षेत्रमा आफ्नो गीतले करोड भ्युज पाउँदा गीतको टिममा सहयोग गर्ने सबैलाई बधाई दिएका छन् । उनले सबैको मेहनतले गर्दा नै गीतले रेकर्ड राख्न सफल भएको बताउँछन् । ‘गीत बन्न पर्दा पछाडीबाट धेरैले काम गर्नुभएको हुन्छ, उहाँहरु सबैले गर्दा नै आज यो गीतले करोड दर्शकको मन जितेको हो, त्यसैले सबैलाई सम्झन चाहान्छु’ आर्टिष्ट खबरसँग कुरागर्दै गायक गुरुङले भने । यस्तै उनले छिट्टैनै अर्को गीत बजारमा ल्याउने बताएका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/i_EyPHm0Cro" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>