आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

साहित्य सम्मेलनको सातौं संस्करण पोखरामा हुने भएको छ । आउँदो पुस ७ देखि १० गतेसम्म चल्ने उक्त सम्मेलनमा बिभिन्न देशका ख्यातिप्राप्त लेखक तथा साहित्यकारहरु आउनेछन् । सोमबार काठमाडौंमा रहेको नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको यस सम्मेलनको आयोजकको रुपमा बुकवर्म फाउन्डेसन रहेको छ।

नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने आयोजकले बताएको छ । सम्मेलनका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पनि सम्मेलन पोखरामा आयोजना गर्न लागिएको धारणा राखे । सन् २०११ मा ललितपुरको झम्सिखेलबाट शुरू भएको यो साहित्य महोत्सवले सन् २०१७ मा सुन्दर शहर पोखरामा छैटौं संस्करण आयोजना गरेको थियो ।्

सम्मेलनमा पाकिस्तानका मोहम्मद हनिफ, भारतकी नमिता गोखले, बेलायतकी डा. निकोला स्ट्रिटेन, क्यानडाकी मञ्जुश्री थापा, भारतका प्रज्ज्वल पराजुली, भारतका हरिश नाम्बियरलगायत सहभागी हुनेछन् । यसपटक फेवाताल किनारमा अवस्थित रत्न मन्दिरअगाडिको चौरमा हुने भएको छ ।

५ मंसिर २०७५, बुधबार ०८:३६