आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेत करीब २ वर्षदेखि चलचित्र निर्देशनमा सुस्ताएका छन् । उनी चलचित्र ‘लुट २’ पछि चलचित्र निर्देशनमा सुस्ताएका हुन् । निश्चलले आफूलाई कथा चित्त नबुझेर चलचित्र निर्देशन नगरेको बताएका छन् । हाल उनी अभिनय र निर्माणमा बढी सक्रिय देखिएको छन् । यसैबिच उनले मंसिर २१ गते प्रर्दशनमा आउने चलचित्र ‘प्रसादमा’ अभिनय गरेका छन् ।

त्यसैगरी चलचित्र ‘गरुड पुराण’को निर्माण पक्षले गीत सार्वजनिक गरेसँगै, निश्चल देखिएका छन् । ‘म त पिरिममा’ बोलको गीतमा उनले ठुम्का लगाएका छन् । उनको नृत्य रहेको उक्त गीत कस्तो हुने हो यो कहुतुहलको बिषय बनेको छ । यधपी यसअघिका उनको नृत्य रहेका ‘काले दाई’, ‘हावा चल्यो’ लगायतका गीत हिट छन् । ‘गरुड पुराण’को गीतमा मात्र उनि छन् की चलचित्रमा पनि छन् भने बारे निर्माण पक्षले खुलाएको छैन । गीतमा निश्चलसँगै अन्य कलाकार कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन देखिएका छन् ।

गीतमा कोसिस र मनिषा पोखरेलको आवाज रहेको छ । गीतमा कोसिश क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् ।कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । निर्देशक सुबास कोईरालाले पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हाँस्य रस पनि रहेको बताएका छन् । चलचित्रको कथा आकाश बराल, बिनोल खतिवडा र सुवासआफैंले लेखेका हुन् ।

चलचित्रमा प्रविण खतिवडा, नाजिर हुसेन, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, कमल देवकोटा र प्रकाश घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रलाई उज्जवल ढकालले सम्पादन गर्दैछन् भने चलचित्र निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।

५ मंसिर २०७५, बुधबार ०९:४८