१२ वर्षपछी ‘ए मान्छे’ भन्दै फर्किए सचिन (भिडियो)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

गायक सचिन रौनियार झन्डै १२ वर्षपछी नेपाली गीतसंगीतको क्षेत्रमा फर्किएका छन् । उनले ‘ए मान्छे’ बोलको गीत ल्याउँदै फर्किएका हुन् । डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुन्जिने नाम भएता पनि झन्डै १२ वर्ष भने उनी नयाँ गीतसंगीतका साथ प्रस्तुत भएनन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा शब्द रचना प्रकाश सापकोटाले गरेका छन् भने जितेन लेप्चाले संगीत भरेका छन् ।

गीतको भिडियोमा सचिनसँगै संजय श्रेष्ठ, बबिन, भिम तुलाधर लगायत पनि देखिएका छन् । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ‘मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । भिडियो गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

गायक सचिनले डिजिटल युगमा प्रवेश गर्दै गर्दा समयको पर्खाइले नै अहिलेसम्म को ग्याप हुन गएको बताएका छन् । । ‘म संगीतबाट टाढा त थिइन् तर नयाँ गीतको साथ आउँन पनि सकिन । केहि नयाँ गर्ने सोच्दा सोच्दै समय वितेको पत्तै पाइदो रहेनछ । १२ वर्ष भइसकेछ ।’, उनले भने । भिडियोका निर्देशक आचार्यले यसअघि चर्चामा रहेको मनमगन गीतको भिडियोमा भन्दा बढी मेहनत यसगीतमा गरेको बताए । ‘सचिनजी १२ वर्षपछी कमब्याक हुदै गर्दा भिडियो बनाउने जिम्मेवारी मैले पाए , त्यो मेरो लागि अवसर र चुनौती दुवै थियो । उहाको फ्यान र अहिलेको जेनेरेशनलाई हुने गरि मैले काम गर्नु पर्ने थियो । गीतको भावनै अनेकतामा एकता हो , मैले त्यहि अनुरुप दृश्यमा देखाउने कोसिस गरेको छु ।’ आचार्यले भने ।

बि.स. २०४३ सालमा पहिलो एल्बम ‘सर्च’ ल्याएका गायक सचिनले अहिलेसम्म १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । सर्चसँगै स्पर्श , नशा , सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । १२ वर्षको अन्तरालमा ए मान्छे लिएर आएका सचिनले अब संगीतलाई निरन्तरता दिने बताएका छन् ।

video