धरानबासीले भोली देखी चलचित्र ‘परदेशी’ हेर्न पाउने

...

pardesi-prashant-tamang-1कात्तिक १२, काठमाडौं । नेपाली चलचित्र ‘परदेशी’ धरानमा भोली शुक्रबार देखी प्रर्दशन हुने भएको छ । काठमाडौं लगायत अन्य जिल्लामा दसैंको फूलपातीदेखि प्रदर्शन भईरहेको ‘परदेशी’ चलचित्र प्राविधिक समस्याले धरानमा ढिलो प्रदर्शन गर्नु परेको हो ।

निर्माता राजेश बंशलका अनुसार चलचित्र ‘परदेशी’ शुक्रबारबाट धरानको गणेश टाकिजमा प्रदर्शन गरिने छ । तराईमा जारी हड्तालका कारण विराटनगरसहित तराईका २० हलमा प्रदर्शन हुन पाएको छैन । देशभरका ६० भन्दा बढि हलमा प्रदर्शन भईरहेको ‘परदेशी’ले एक सातामा ग्रस २ करोडको कारोबार गरेको निर्माता बंशलले बताए ।

चलचित्रमा प्रसान्त तामाङ, रजनी केसी, सुशील पोख्रेल, केशव भट्टराई, शेरबहादुर गुरुङ, तारा शर्मा लगायतको अभिनय रहेको छ ।