‘बधाई हो’ २ सय करोडमा ईन्ट्री

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र  ‘बधाई हो’ को कमाईको सिलसिला अझै जारी छ । गायक तथा नायक आयुष्मान खुराना अभिनित चलचित्रले सुपस्टार अभिनेता आमिर खानको चलचित्र  ‘ठग्स अफ हिन्दोस्तान’ लाई पछाडि पार्दै ‘बधाई हो’ वर्ल्ड वाइड २ सय करोडमा ईन्ट्री भएको छ ।

चलचित्रले प्रदर्शनको १७ दिनमा सय करोडको आँकडा पार गरेको थियो । पहिलो हप्ता ६६ करोड १० लाख, दोस्रो हप्ता २८ करोड १५ लाख, तेस्रो हप्ता १५ करोड ३५ लाख र चौथो हप्ता १० करोड ८० लाखको कमाई गरेको छ । चलचित्रलाई क्रिटिक्स र दर्शकले निकै रुचाएका छन् ।चलचिमा आयुष्मानका अलावा सान्या मल्होत्रा, नीना गुप्ता, गजराज रावलगायतको अभिनय छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत चलचित्रको वर्ल्ड वाइड कलेक्सन सार्वजनिक गरेका छन् । अमित रवीन्द्रनाथ शर्मा निर्देशित चलचित्रले भारतमा मात्र १ सय ५८ करोड कमाइसकेको छ भने ओभरसिजबाट ४३ करोड कमाएको छ ।  २० करोडमा लगानीमा बनेको चलचित्रले यो हिसाबमा कमाई गर्नु सानो कुरा होइन् । चलचित्रमा  नीनाले आयुष्मानकी आमाको भूमिका निभाएकी छिन् । उनको अभिनयलाई दर्शक र समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । ‘बधाई हो’ को सफलतासँगै आयुष्मान बलिउडका शक्तिशाली अभिनेतामा कहलिएका छन् ।