आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम गर्ल’ आइतबार सञ्चारकर्मिहरुलाई देखाइएको छ । राजधानीको दरबारमार्गस्थित राइजिङ मलमा रहेको ‘क्युज’ हलमा प्रिमियरमा चलचित्रका कलाकार तथा पत्रकारको उपस्थिति रहेको छ । उपस्थित पत्रकाहरुले चलचित्रबारे मिश्रित प्रतिक्रिया दिएका थिए । यस्तै चलचित्रकर्मिहरुले पनि कतिले राम्रो त कतिले ठिकै भन्दै बाहिरिएका थिए ।

आकाश श्रेष्ठ र आश्मा गिरीको मुख्य भूमिका रहेको यो चलचित्र ऋषिराज आचार्यको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको हो । सञ्चारकर्मिसँगै चलचित्र हेरेकी आश्माले आफ्नो कामको राम्रो प्रतिक्रिया पाएको बताइन् । आफ्नो डेब्यु चलचित्र भएकाले पनि आफ्ना केहि कमजोरी हुनसक्ने र अन्य चलचित्रमा सुधार्ने बताइन् । ‘धेरैले राम्रो अभिनय गरेकी छौं भन्ने प्रतिक्रिया दिनुभयो खुसी छु र अन्य चलचित्रमा अझै मेहनत गर्ने बाचा गर्छु’ आश्माले सञ्चारकर्मिसँग कुरागर्दै भनिन् । प्रेस शोको पहिलो हाफसम्म बसेका चलचित्रका नायक आकाश अन्तिम सम्म भने बसेका थिएनन् । पारिवारीक कारण देखाउँदै उनी बिचमै निस्किएका थिए ।

लभ, एक्शन र सेन्टिमेन्ट्सले भरिएको चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गंैडा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय समेटिएको छ । चलचित्र निर्देशक ऋषिराजले अर्जुन शर्मा र रामेश्वर धितालसँग मिलेर बनाएका हुन् ।

१० मंसिर २०७५, सोमबार ०३:०८