नेपाल र भारतका कविले सुनाए कविता

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

नेपाल र भारतका कविहरु सम्मिलित नेपाल भारत काव्यसन्ध्या सम्पन्न भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भएको कार्यक्रममा नेपाल र भारतका गरेर २० जना कविहरुले आफ्ना कविता विभिन्न भाषामा वाचन गरेका हुन् । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गरेको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा हिमालिनी मासिकको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रममा प्रज्ञाका सदस्य सचिव जगतप्रसाद उपाध्याय, हिमालिनीकी सम्पादक डा. श्वेता दीप्ती, सच्चिदानन्द मिश्रलगायतले पनि बोलेका थिए ।

प्रमुख अतिथि उप्रेतीले नेपाल र भारतबीचमा प्रगाढ सम्वन्ध रहेको बताउँदै दुबै देशका साहित्यकारहरुले बेलाबखत नेपाल भारतबीचमा देखिएको राजनैतिक धमिलोपनालाई चिरेर सफा र उज्यालो बनाउने काम गरेको उल्लेख गरे ।

कवि गोष्ठीमा भारतका कविहरु डा. विणा, डा. अच्युतानन्द, किरण कुमारी, परवेज हुसैन, बन्दना श्रीवास्तव, रञ्जीत कुँवर, मिताली भट्टाचार्य, रघुवीर शर्मा, प्राडा उषा उपाध्याय, पुण्या देवी र नेपालका कविहरु किशोर पहाडी, मोमिला, विधान आचार्य, विमला तुम्खेवा, विश्वविमोहन श्रेष्ठ, वसन्त चौधरी, डा. श्वेता दीप्ती, बिना थिङ, सन्ध्या पहाडी र राजेन्द्र शलभले आफ्ना आफ्ना कविता वाचन गरे । गोष्ठीमा नेपाली, हिन्दी, मलयालम, सन्थाल, असमी भाषाका कविताहरु वाचन गरिएका थिए ।