बसन्तालाई प्रतिष्ठानको सहयोग

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

दुबै मृगौलाले काम नगर्ने भएपछि प्युठान घर भएकी बसन्ता केसीले सहयोगको अपिल गर्न थालेकी छिन् । चारबर्ष अघि सामान्य पत्थरीको समस्यापछि बिस्तारै मृगौलामा समस्या देखिन थालेपछि अहिले दुबै मृगौलाले काम गर्न छाडेको बसन्ता बताउँछिन्  । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्युठान शाखाकी सदस्य समेत हुन् ।

यसैबिच बसन्तालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वयन समितिको संयोजनमा सहयोग गरिने भएको छ । उनलाई कलाकार कल्याणकारी कोषबाट ५० हजार रुपैया सहयोग गरिने घोषणा गरिएको छ । सोमबार उपत्यका समन्वयन समितिको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिका महासचिव सुवास केसीले उक्त सहयोग रकम प्रदान गरिने घोषणा गरेका हुन् । ‘प्युठानकी चेली त्यसमाथि कलाकार पनि हुनुहुँदो रहेछ, उहाँको दुबैमृगौलाले काम नगर्ने भन्ने सुन्नासाथ हामीले पनि केहि सानो सहयोग भएपनि गर्न सक्छौं भनेर यो कदम चालेका हौं, यो सुरुवात मात्र हो’ केसीले भने । यसै उनले प्रतिष्ठानका देश बाहिर रहेका बिभिन्न शाखाका कलाकारहरुलाई पनि सहयोग गरिदिन अपिल गरेका छन् ।

यस्तै उपत्यका समन्वयन समितिका अध्यक्ष पि.एन. सापकोटाले बसन्ताको समस्या सुन्नासाथ समितिका पदाधिकारीहरुको बैठक राखी सहयोग गर्ने सल्लाह गरेको बताए । ‘सुवास जी मार्झत नै हामीले बसन्ता जीको समस्याको बारेमा जानकारी पायौं, एउटा कलाकारलाई समस्या पर्दा अर्को कलाकारले सहयोग गर्नु हाम्रो दायित्व पनि हो’ सापकोटाले भने ।  पिडित बसन्ताका दाजु डिल बहादुर केसीले ६ महिना अघिदेखी बहिनीको दुबै मृगौलाले काम गर्न छाडेको जानकारी दिए । उनका अनुसार सातामा दुईपटक उपचार गराइरहनु परेको छ । ‘६ महिना अघिदेखी दुबै मृगौलाले काम गर्न छाडेको छ, घरको आर्थिकस्थिती कमजोर भएकाले नै हात फैलाउन बाध्य भएका हौं, आशा छ सहयोगी मनहरुको सहयोग मिल्नेछ’ डिल बहादुरले बहिनीको अवस्थाबारे जानकारी गराए । उनका अनुसार बहिनी बसन्ताको दुबै मृगौला पत्यारोपणका लागी ३५ देखी ४० लाख रुपैंया सम्म लाग्ने अनुमान छ । त्यसकालागी नेपाल बाहिर लाग्ने भएकाले पनि खर्चिलो भएको बताए ।