‘रणबीर’ मा आक्रोसित शुशिल

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

नायक शुशिल सिटौलाको मुख्य भूमिका रहेको चलचित्र ‘रणबीर’  को पोष्टर सार्वजनिक गरिएको छ । आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका शुशिलको चरित्रलाई केन्द्रित गर्दै पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक एकल फोटो युक्त दुई पोष्टरमा नेपाली र अँग्रेजी टाईटल राखिएको छ । शुशिलले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । करिब नौ महिना नियमित जिम गरेर आफुले तौलसँगै शारीरिक सुगठन समेत यहि चलचित्रका लागि बनाएको पनि शुशिलले बताए ।

यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्ट लुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । आफुहरुले १८ माघमा रिलिजको समय गत असारमा लिएर प्रचारमा उत्रिएकाले यो चलचित्र सोही मितिमा आउने अर्की निर्माता गोमा बिष्टले बताएकी छिन् । चलचित्र गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

चलचित्रमा शुशिल सिटौलासँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ । चलचित्रको अब दुईगीत छायांकन हुन बाँकी छन् ।