आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

भारतका प्रसिद्ध तबला बादक उस्ताद जाकिर हुसैन नेपाल आउने भएका छन् । नेपालस्थित भारतीय दूतावासले आज आयोजना गर्ने एक कार्यक्रमका लागी उनी नेपाल आउने आइतबार आयोजित पत्रकार सम्मेलनमा भारतीय राजदूत मन्जिवसिंह पुरीले जानकारी दिए ।

राजदूत पुरीले खासगरी तबला र मादलमा विषेश रुची राख्नेहरुको लागि दूतावासले सांगीतिक सन्ध्या कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । कार्यक्रम मंगलबार साँझ ६ बजेदेखि लैनचौरस्थित भारतीय दूतावासमा हुनेछ । सन् १९५१ मार्चमा भारतको मुम्बईमा जन्मेका उस्ताद हुसैनले १२ वर्षको उमेरदेखि नै तबलामा आफ्नो कला देखाउन थालेका थिए ।