‘प्रेमगीत २’मा दर्शकले रुचाएनन् अश्लेषाको अभिनय, महसुस गरे पुजाको कमि

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

करिब दुई  वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ हाल नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ । उक्त चलचित्रले युट्युब रिलिजको दुई दिन नबित्दै यो समाचार तयार पार्दैगर्दा २.९ मिलियन बढी भ्यूज ल्याउन सफल भएको छ । यतिका भ्यूअर्सको बढदो क्रम देखेर हाल निर्माण टिम दंग देखिएका छन् । तर चलचित्र हेरेर दर्शकको प्रतिक्रिया भने सकारात्मक संगै नकारात्मक पनि आएको छ । दर्शकले चलचित्रकी अभिनेत्री अश्लेषा ठकुरीको अभिनयलाइ औल्याउदै नकारात्मक प्रतिक्रिया दिएका छन् । यसकारण अश्लेषा निकै चिन्तित देखिएकी छिन् । अश्लेषाको अभिनयलाई मात्र नभएर उनको भ्वाईसलाईसमेत लिएर अडियन्सले नकारात्मक कमेन्ट गरेका छन्।कतिपय दर्शकले अभिनेत्री पूजा शर्माको अभिनय बेटर थियो भनेका छन् ।

त्यसो त प्रेमगीतमा पुजाको अभिनयलाई पनि धेरै दर्शकले औल्याएका थिए । चलचित्रकी अभिनेत्री चित्त नबुझे पनि अभिनेता प्रदीपको अभिनयमा प्रत्यक दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्रलाई अधिकांशले राम्रो बनेको भन्ने प्रतिक्रिया दिएका छन् भने केहिले काम नलाग्ने झुर पनि भनेका छन् ।

सन्तोष सेनले निर्माण गरेको चलचित्र  ‘प्रेमगीत २’लाई रामशरण पाठक निर्देशिन गरेका हुन् । आउने माघबाट ‘प्रेमगीत’को तेस्रो सिरिजको छायांकन सुरु हुँदैछ । हाल अभिनेत्रीको टुगों नलागेपनि लिड रोलमा भने अभिनेता प्रदीप दोहोरिने बताइएको छ । चलचित्रमा प्रदीप र अश्लेषाका लगायत कविता रेग्मी कैलाश कटुवाल, शिशिर भण्डारीको पनि अभिनय रहेको छ ।