१२६ घण्टा नाचेर गिनिज बर्ड रेकर्ड राख्न सफल साहसी बन्दना

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

बिश्व किर्तिमानीका लागी धनकुटाकी बन्दना नेपालले १ सय २६ घण्टा नृत्य गरेकी छिन् । यसअघि सन् २०१० मा भारतको केरेलाकी कालामन्डलम हेमालेथा नाम गरेकी एक महिलाले १ सय २३ घण्टा १५ मिनेट नृत्य गर्दै बिश्व किर्तिमानी राखेकी थिइन् । त्यस रेकर्डलाई तोड्नका लागी नेपाली चेली बन्दनाले यहि मंसिर ७ गते बिहान ९ बजेदेखी नृत्य सुरु गरी १२ गते बुधबार दिउँसो ३ बजे १२६ घण्टा पु¥याएकी हुन् । अब गिनिज बर्ड रेकर्डको प्रमाणपत्रका लागी गिनिज वर्ड रेकर्डको कार्यालयमा उक्त १२६ घण्टाको पुरा भिडियो सामाग्री पठाइने बन्दनाका बुबा राम नेपालले बताएका छन् ।

बुधबार एक कार्यक्रमका बिच बन्दनालाई सम्मान पनि गरियो । पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बन्दनालाई बधाई दिइएको थियो  । नेता नेपालले तीन नेपालको संयोग भन्दै राष्ट्रको नाम पनि नेपाल र बन्दना र आफ्नो थर पनि नेपाल भन्दै माहोल रमाइलो पनि बनाएका थिए । साथै उनले विश्वमै सोधिने प्रश्नहरुमा अब एकप्रश्न थप भएको भन्दै यसो भने, ‘बिश्व किर्तिमानी राख्ने ब्यक्ति जसको नामको पछाडि देशको नाम पनि छ भन्ने प्रश्नमा  बन्दना नेपालको नाम लिइनेछ, यो प्रश्न अब विश्वभरी जानेछ ।’ साथै नेपालले नेपाली रितिरिवाज झल्किने गीतसंगीतमा नाँचेरै बिश्वकिर्तिमान राख्दा नेपाली गीतलाई पनि विश्वले चिन्ने भन्दै बन्दनालाई धन्यवाद दिए ।

बन्दनाका बुबा राम नेपालले छोरीको साहसलाई प्रसंसा गरेका थिए । १७ बर्षिय बन्दना सानैदेखी नृत्यमा निकै रुचि राख्दै आएको र स्कुल तथा कलेजका कार्यक्रममा पनि लामोसमयसम्म नाँच्दै आएको उनी बताउँछन् । ‘उनले लामो समयसम्म नाँचेर विश्व किर्तिमानी राख्छु भन्दै गर्दा मैले सुरुमा त हाँसोका लागी भनेकी होलिन्ु भनेको थिएँ, तर उनले जुन साहसका साथ १२६ घण्टा नाँचेर देखाइन् मलाई गर्भ महसुस भइरहेको छ’, बुबा रामले भने । ६ दिनसम्म लगातार नाँचेकी बन्दनालाई हौसला दिनका लागी थुप्रै शीर्ष नेताहरु पुगेका थिए । पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बनमन्त्री शक्ति बस्नेत पनि हौसला दिन बन्दनाले नृत्य गरिरहेको स्थान बत्तिस पुतली पुगेका थिए । यस्तै कलाकारहरु सिताराम कट्टेल (धुर्मुस्), निर्देशक तथा मोडल शंकर बिसी, डान्सिङ रियालिटी शोका बिजेता कविता नेपाल र सरोज मोक्तान पनि पुगेका थिए । यस्तै गिजिन बुक होल्डर सञ्चारकर्मि रबि लामिछाने पनि पुगेका थिए ।