मोडल बन्छु भनेका काजिश बने उत्कृष्ट निर्देशक

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

पाँचबर्ष अघि मोडल बन्छु भनेर कलाक्षेत्रमा भित्रिएका काजिश श्रेष्ठ अहिले म्युजीक भिडियो निर्देशनमा ब्यस्त छन् । तीनसय बढी म्युजीक भिडियोमा अभिनय गरेका काजिशले पछिल्लो तीनबर्ष यता पाँचसय बढी म्युजीक भिडियो निर्देशन पनि गरिसकेका छन् । पछिल्लो समय मोडलिङ भन्दा निर्देशनका लागी बढी अफर आउन थालेपछि निर्देशन तर्फ लागेको काजिशको धारणा छ ।

काजिशले बि.स. २०७३ सालमा लोक गायक रामजी खाँणको ‘हिमाल पारी’बोलको गीतको म्युजीक भिडियो निर्देशन गरेका थिए । त्यसपछि उनलाई निर्देशनका लागी कहिल्यै हात खाली राख्नुपरेन । काजिशले पाँचसय भिडियो निर्देशन गर्दैगर्दा यो  बर्षमै तीनवटा अवार्ड हात पारिसकेका छन् । पाँचदिन अघिमात्रै सम्पन्न बिन्दावासिनी म्युजीक अवार्डमा ‘रातो अबिर पहेँलो केसरी’ बोलको गीतबाट उत्कृष्ट म्युजीक भिडियो निर्देशकको अवार्ड हात पारे । उक्त अवार्ड हातमा लिँदैगर्दा कामको मुल्यांकन गरि अवार्ड दिएकोमा जुरी टिमलाई धन्यवाद दिएका थिए । यस्तै उनले यो भन्दा अघिपनि सोहि गीतबाट सुन्दरादेवी म्युजीक अवार्डबाट उत्कृष्ट म्युजीक भिडियो निर्देशन (नृत्य) तर्फको अवार्ड हात पारेका थिए । यस्तै काजिशले  ओएस नेपाल म्युजीक अवार्डको उत्कृष्ट म्युजीक भिडियो निर्देशन (नृत्य) तर्फको अवार्ड पनि पाएका थिए । काजिश सम्पन्न हुन गहिरहेको लोक दोहोरी म्युजीक अवार्डको उत्कृष्ट म्युजीक भिडियो मोडलको उत्कृष्ट पाँच मनोनयमा पनि परेका छन् ।

‘राम्रो काम गरेपछि सहि मुल्यांकन हुन्छ भन्ने लाग्छ, त्यसैले अवार्डको पछि कहिल्यै लागिन । आज पाँचबर्षको अन्तरालमा यसरी अवार्ड थाप्न पाउँदा निकै खुसी छु’ काजिले हिमालय टाइम्ससँग कुरागर्दै भने । उनले अवार्ड पाउँदै गर्दा अझ राम्रा म्युजीक भिडियो दर्शकमाझ ल्याउनुपर्ने थप जिम्मेवारी थपिएका अनुभूति भएको बताए । उनी अहिलेपनि दिनहुँजसो म्युजीक भिडियो निर्देशनमा ब्यक्त हुन्छन् । पछिल्लो समय म्युजीक भिडियो निर्देशन गर्नकै लागी थुप्रै अफर आउने गरेको उनको भनाई छ । ‘पछिल्लो समय म्युजीक भिडियो निर्देशनको कामका लागी अफर बढी नै आउँछन्, काम राम्रो गनुृपर्छ भन्ने लाग्छ त्यसैले  समय मिलाएर गर्नेगरेको छु’ उनले भने ।