आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

आउँदो २१ गतेबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आउने तयारीमा छ । निर्माण टिम यतिखेर प्रचारका लागी खुबै खटिएको छ । यसका साथै चलचित्र युरोपका ११ देशमा पनि प्रदर्शनमा आउने भएको छ । यसको जिम्मा युरोप वितरक सुरज कार्कीले लिएका छन् । ११ देशमा फिल्मको २० सो बुक भइसकेको कार्कीले बताएका छन् ।

चलचित्र सुरुमा १४ डिसेम्बरमा फिनल्याण्डमा प्रदर्शन भएसँगै डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा पनि प्रदर्शन हुने बताइएको छ । हल नभएको र कम दर्शक भएको शहरमा दोश्रो चरणमा रेष्टुराँमा चलचित्र प्रदर्शन गर्ने तयारी छ । अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको गोर्खे इन्टरटेनमेन्टका नविन मानन्धरले डिसेम्बर ७, ८, ९ र १० मा ’प्रसाद’ अष्ट्रेलियामा प्रदर्शन हुने जनाए ।

दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा कलाकार विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतको अभिनय छ । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द र सुशिल पौडेलको कथा छ ।