छक्का पञ्जा ३ः ५१ दिनमा १७ करोड

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गएको असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । चलचित्रले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुदै ५१ औँ दिन पार गरेको हो ।

उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भयो । अघिल्लो सिरिजहरु छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए । डिजिटल प्रविधि आएर लगातार तिन सिरिजले नै ५१ औँ दिन पार गर्ने चलचित्रमा छक्का पञ्जा सिरिज नै पर्छ । तीनै सिरिज दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

आमा सरस्वती मुभिजको प्रस्तुतीमा बनेको यो चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेका छन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् । निर्देशक दीपाले चलचित्रको सम्पुर्ण टिमले राम्रो काम गरेकाले चलचित्र सफल भएको बताउँछिन् । ‘मेरो टिमको सबैको धेरै मेहनत गरेका छौं । हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडी बढेका थियौ, जसलाई दर्शकले झनै मन पराउनु भयो । यसले हामीलाई झनै उत्साह बढेको छ ।’, दीपाले भनिन् । यस्तै निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रले आफूहरुलाई मात्र नभएर प्रदर्शक र वितरकलाई पनि खुसि बनाएको बताए । ‘चलचित्रले हामीलाई मात्र होइन प्रदर्शन, बितरकलाई पनि खुसी बनाएको छ । हामीले विदेशमा फिल्म प्रदर्शन अधिकार दिएकालाई पनि यसले खुसि बनाएको छ नै प्राय फिल्म नचल्ने हलमा पनि यसले दर्शकको माया पाएको छ । हामी कृतज्ञ छौ’, दीपकले भने ।

चलचित्रले ५१ औं दिनसम्म आइपुग्दा जम्मा १७ करोडको आम्दानी गर्न सफल भएको छ । राजधानी वितरक मनोज राठीका अनुसार चलचित्रले ८ करोड ग्रस कलेक्सन गरेको छ भने यस्तै, मोफसल वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार चलचित्रले ९ करोड ग्रस कमाइ गरिसकेको छ । दीपकराज गिरीले लेखेको कथामा संवादपनि उनीसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठले लेखेका हुन् । चलचित्रमा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)