आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

बसन्त सापकोटाको संगीतमा रहेको 'माया भन्ने' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीत घाँटी देखि शरिरका तल्लो भागले काम नगर्ने कलाकार अमिर बोम्जनले गाएका छन् । गीतमा दिनेश थपलियाले शब्द भरेका छन्। चित्रकार तथा राम्रो स्वरका धनी बम्जनको हातगोडाले काम गर्दैनन् भने उनी मुखैले चित्रकोर्ने गर्छन्।

शारीरिक रुपमा अशक्त भए पनि प्रतिभा र आवाजमा जादू भएको कारण अमिरको आवाजमा गीत रेकर्ड गराएका संगितकार बसन्त सापकोटाले बताए। गीतको भिडियोमा नेपालका चर्चित डान्सग्रुप भिमफेदी गाइज र अभिनेत्री रिमा विश्वकर्मालाई फिचरिङ गरिएको छ।

मन्टेश्वरीमा पढाउने शिक्षिकाको रुपमा प्रस्तुत भएकी रिमालाई पढ्न आउने विद्यार्थीले मन पराएको कुरालाई आकर्षक एवम् रमाइलो तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ। गीतको भिडियो सम्पादन तथा निर्देशन प्रविन श्रेष्ठले गरेका छन् भने भिडियोलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी गरेका छन् ।

video

१६ मंसिर २०७५, आईतवार ०४:२४