आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

यही मंसिर २२ गते काठमाडौंको टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ आयोजना हुने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजक नेपाल रग्बी एसोसियसनले ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रमको बिभिन्न पक्षबारे जानकारी दिए । ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’कार्यक्रममा राजधानीको टुँडिखेलमा नायिका स्वस्तिमा खड्काले लाइभ नृत्य देखाउने भएकी छन् । उनले आफूले नयाँ तथा पुराना गीतमा नृत्य गर्ने र दर्शकको मनोरन्जन ध्यानमा राखेर नृत्य देखाउने बताएकी छिन् ।

कार्यक्रममा स्वस्तिमा लगायत नेपाली संगीत तथा चलचित्र क्षेत्रमा २ दर्जन बढि कलाकारले कार्यक्रममा प्रस्तुति दिने आयोजकको भनाई रहेको छ । लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, आशिष राना (लाउरे), गायक सुगम पोखरेल, नितेश जंग कुवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लगायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् । आयोजकले बताएअनुसार निःशुल्क प्रवेशको ब्यवस्था गरिएको छ । ट्रफी समेत सार्वजनिक गरेको कार्यक्रममा आयोजकले निःशुल्क प्रवेशको ब्यवस्था गरेकै कारण दर्शक २५,००० बढी हुने विश्वास राखेका छन् । उक्त कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।

१७ मंसिर २०७५, सोमबार ०८:३६