‘जानी नजानी’ को फर्स्टलुकसँगै प्रदर्शन मिति घोषणा

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

चलचित्र 'रानी' र 'तिमी हुन्छौ जहाँ जहाँ' बाट सफलता हाँसिल गर्न नसकेपछि मनिष सुन्दर श्रेष्ठ पुन पर्दामा देखिदैछन् । उनि चलचित्र  'जानी नजानी' बाट पुन पर्दामा देखिन लागेका हुन् । आधुनिक प्रेमकथालाई आधारमानि निर्माण गरीएको चलचित्रको फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको चलचित्रको फर्स्टलुक पोस्टरमा निरिशा बस्नेत, मनिष निष सुन्दर श्रेष्ठ ,सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् ।

चलचित्रको प्रर्दशन मिति भने चैत १ गतेलाई तोकिएको छ । चलचित्रकी नायिका निरिशा बस्नेत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी हुन् । निरिशाले यही चलचित्रबाट डेब्यु गरेकी छन् । त्यस्तैपुराना अभिनेता शिव श्रेष्ठका भतिज हुन् मनिष सुन्दर श्रेष्ठ । चलचित्रमा निरिशा र मनिसको अलवा  प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी पनि अभिनय रहेको छ । चलचित्र निर्माण मोदनाथ खनाल र सागर काजीले गरेका हुन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण गरिएको चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । संजय लामाको छायांकन रहेको चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको चलचित्रमा संगीत भने अर्जुन पोखरेलले भरेका छन् । चलचित्र सम्पादनमा अर्जुन जिसीको हात रहेको छ ।