मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको धुमधामका साथ विवाह सम्पन्न भइसकेको छ । विवाहमा धमाकेदार आतिसवाजी पछि यतिबेला प्रियंका सामाजिक संजालमा ट्रोल भइरहेकी छिन् । उनीमाथि एक आरोप लागेको छ । जनावरहरुको अधिकारको क्षेत्रमा काम गर्ने भारतिय संस्था पेटाले प्रियंका र निकको विवाहमा पटाका पड्काएर गरिएको आतिसबाजीले जनावरहरुको मानसिक सन्तुलनमा असर परेको र जनावरमाथि अत्याचार गरेको भन्दै आरोप लगाएका छन् ।

भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा डिसेम्बर १ र २ मा क्रिश्चियन र हिन्दु परम्परा अनुसार विवाह गरेका प्रियंका र निकलाई पेटाले ट्वीटरमार्फत बधाई दिएसँगै जनावरहरुको प्रयोग गरेको कुरालाई पनि औल्याएका छन् । उनले हात्ती र घोडालाई विवाहमा प्रयोग गरिने नपाइने बताएका छन् । उनले ट्वीटरमार्फत लेखेका छन् 'बधाई छ प्रियंका र निक, तर तपाईंहरुले विवाहको दिन जनावरहरुलाई दुख दिएको देख्दा हामी निकै दुखित छौँ।'

अहिले अभिनेत्री प्रियंका चोपडा र निक जोनस जोधपुरबाट मुम्बई फर्किएका छन् । बताएअनुसार केही दिनपछि यि जोडीले दिल्ली र मुम्बईमा भब्य रिसेप्सन आयोजना गर्नेछन् ।

१८ मंसिर २०७५, मंगलवार ०४:५०