विवाहबाट विश्राम लिन नपाउँदै कोठेवालीको भूमिकामा प्रियंका

मुम्बई (एजेन्सी) । मुम्बई (एजेन्सी) ।

सोसल मिडियामा विवाहमा आतिशबाजीका लागि ट्रोलको सामना गरिरहेकी प्रियंका चोपडा विवाहको व्यस्तताबाट विश्राम लिन नपाउँदै नयाँ चलचित्र  ‘द स्काई इज पिंक’को सुटिङमा व्यस्त हुँदैछिन् । विवाहको भव्य प्रवन्ध मिलाइएको भन्दै उपस्थित पाहुनाको चर्चा पाईरहेकी प्रियंकाले अर्के तर्फ विवाहमा हात्ती–घोडाको प्रयोग गरेको भन्दै आरोप खप्न परेको छ ।

चलचित्र  ‘द स्काई इज पिंक’ यौन व्यवसाय सञ्चालक गंगुबाई कोठेवालीको जिन्दगीमा आधारित हुनेछ । गंगुबाई यौनकर्मीको अधिकारको वकालत गर्ने महिला हुन् । भारतीय समाचार अनुसार धेरै महिलालाई दुःखद परिस्थितिबाट बचाउनका लागि नै गंगुबाईले उनीहरूलाई यौन व्यवसायको काममा लगाएकी थिइन् । उनको नाम भारतका चर्चित व्यक्तिहरूसँग पनि जोडिएको थियो ।

प्रियंकाले चलचित्रमा गंगुबाईको भूमिका निभाउने छिन् । उनले आधिकारिक रुपमा चलचित्रबारे बोलेकी छैनन् । तर उनी आफैले चाँडै चलचित्र घोषणा गर्ने तयारीमा छिन् ।

बताइएअनुसार सञ्जयलीला भन्सालीको नयाँ चलचित्र ‘हीरा मण्डी’मा पनि  प्रियंका चाँडै नै अभिनय गर्दैछिन् । उनको यो चलचित्र  सञ्जयलीला भन्सालीसँग दोस्रो सहकार्य हुनेछ। किनकी उनले सञ्जयको चलचित्र ‘बाजीराव मस्तानी’मा पहिले नै अभिनय गरिसकेकी छिन् । यसअघि प्रियंकाले अभिनेता सलमान खानको चलचित्र ‘भारत’बाट हात झिकेपछि सञ्जयको नयाँ चलचित्र ‘गुस्ताखियाँ’मा अभिनय गर्ने चर्चा थियो । तर प्रियंकाले सञ्जयको कुनै पनि चलचित्रमा काम गर्ने इच्छा नगरेको प्रियंकाकी आमा मधुले खुलाएकी थिइन् ।