मिलन लामा सुधा लाई भन्दैछन्, ‘बिहे भाछैन आँट मायाले’ (भिडियो)

...

milan lama and sudha thapaकात्तिक १३, काठमाडौं ।  गायक मिलन लामाले गायिका सुधा थापालाई बिहे नभएको भन्दै आँट्न आग्रह गरेका छन् । नेपाली गितसंगितको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउँदै आएका गायक मिलन लामाले एक लोक गित मार्फक गायिका सुधा थापालाई यस्तो भनेका हुन् ।

युके बस्दै आएकी गायिक सुधा थापाको पहिलो प्रस्तुती फुर्के डोरी एल्बममा समावेश उक्त गितमा गायक मिलन लामा र गायिका सुधा थापाले एक अर्कामा माया प्रेमको कुरा दर्साएका हुन् । गायक मिलनले बिहे नभएको र आँट्न आग्रह गरेका छन भने गायिका सुधाले दाह्री जुँगा पाल्दा नसुहाउने र काट्न आग्रह गरेकी छिन् ।

युके बस्दै आएकी गायिका सुधा थापाले नेपाल आएको समयमा गित बजारमा ल्याएकी हुन् । पहिलो प्रस्तुती दसैको बेलामा बजारमा ल्याएकी हुन् र उनको यो पहिलो प्रस्तुती दर्शक तथा स्रोताले मन पराउँदै गएको पाउन सकिन्छ । त्यसो त गायक मिलन लामाको स्वर र अभिनय पनि मिलन लामाकै हुँदा उनलाई पहिलो प्रस्तुतीमै सफलता मिलनेको पाउन सकिन्छ ।
milan lama and sudha thapaगितमा अर्को कुरा चर्चित शब्द लेखक बिनोद ढकालको शब्द र संगित चर्चित गायक प्रकाश कटुवालको रहेको छ । पछिल्लो समय चोर बिरालो, ढाडे बिरालो जस्ता चर्चित गित गाएका गायक प्रकाश कटुवालको संगित रहेको यस गितमा मिलन लामा, सुष्मा अधिकारी र सुधा थापाको अभिनय देख्न सकिन्छ । भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन् । त्यस्तै अडियो तथा भिडियो स्मृति म्युजीकले तयार पारेको हो ।
Video: