आर्टिष्ट खबर ,मंसिर काठमाडौं

मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा भएको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुलको पहिलो अडिसनमै सहभागीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएसँगै दोस्रो अडिसन मंसिर २८मा हुँदैछ ।

आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेका अनुसार पहिलो अडिसनबाट २० जना प्रतिस्प्रधि छनोट भएका छन् । प्रतियोगिताको निर्णयक मण्डलमा गायक यमन श्रेष्ठ, सञ्चारकर्मी विकाश थपलिया, कलाकार निराजन थापा, रश्मि भट्ट, राज लुइटेल र संगीता बस्याल मिस व्युटिफुल नेपाल २०१८ रहेका थिए । प्रतियोगिताको फाइन भने माघ १२मा राजधानीमा एक विशेष कार्यक्रमबीच गरिने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाखको पुरस्कार सहित विभिन्न गिफ्ट ह्यापर पनि रहेको पाण्डले जनाए ।

नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा ल्याएर उनीहरुलाई व्यवसायिक मोडल बनाउन मिसब्युटिफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल आफुहरुले आयोजना गर्दै आएको दक्ष इन्टरनेशनल प्रा.लि.की कार्यकारी निर्देशक दीपा थपलियाले बताइन् ।