शनिबार टुँडिखेलमा स्वस्तिमा सहित बिनुको बेली डान्स

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

यहि आउँदो शनिबार (मंसिर २२) मा काठमाडौंको टुँडिखेलमा नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ आयोजना हुँदैछ । कार्यक्रममा नेपाली संगीत तथा चलचित्र क्षेत्रका २४ भन्दा बढी कलाकारहरु एकै मञ्चमा प्रस्तुती दिँदैछन् । जसमा पछिल्लो समय नेपाली चलचित्रक्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्काले पनि नृत्य गर्दैछिन् । भने अन्य थुप्रै चर्चित गायक तथा गायिकाहरुले प्रस्तुती दिँदैछन् ।

कार्यक्रममा पछिल्लो समय आफ्नो बेली डान्सबाट लोकप्रियता कमाउँदै गएकी डान्सर बिनु शाक्यले पनि डेली डान्स प्रस्तुत गर्दैछिन् । यस्तै बिनुले डेली डान्ससँगै आइटम डान्स पनि गर्नेछिन् ।

शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिने बताइएको छ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ । उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का सहित गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् । कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ ।