‘पासवर्ड’को गीतमा २ करोड भारु लिएर नाँचिन् सन्नी

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

बलिउडकी सन्नी लियोनले नेपाली चलचित्र ‘पासवर्ड’मा अभिनय गर्ने भन्ने चर्चा हुँदै गर्दा निर्माण टिमले सम्बन्धित तस्बिर सार्वजनिक गरेको छ । सन्नीले चलचित्रका लागी एक आइटम नृत्य गरेकी छिन् । चलचित्रको सम्पुर्ण छायांकन लण्डनमा गरिएको हो । गीतका लागी सातजनाको टिम लिएर सन्नी लण्डन पुगेकी थिइन् ।

निर्माण टिमका अनुसार यस गीतमा नृत्य गर्नका लागी सन्नीलाई दुई करोड भारतीय रुपैंया बुझाइएको छ । ‘सन्नि हो नाम मेरो’ बोलको गीतमा सन्नीसँगै  भारत र बेलायतका नृत्याङ्गनाहरुले पनि नृत्य गरेका छन् । गीतमा बलिउडका कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभाले यो भन्दा अघि बलिउडका सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता स्टारका चलचित्रहरुमा नृत्य निर्देशन गरिसकेका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियो हालसम्मकै सर्वाधिक बजेटमा बनेको भिडियो हो । गीतमा सन्निलाई २ सय बढि डान्सरले साथ दिएका छन् । चलचित्रका निर्देशक सम्राट बस्नेतले ‘पासवर्ड’को कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो चलचित्रमा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जनबढि चलचित्रमा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो चलचित्र ठूलोपर्दाको डेब्यू निर्देशकिय चलचित्र हुनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रको प्रदर्शन मिति तय भइसकेको छैन । यो चलचित्र बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।