मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता रजनीकान्त र अक्षय कुमारको अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र ‘२.०’ ले रिलिज भएको पहिलो सातामै विश्वव्यापीरूपमा भारू पाँच सय करोड माथीको व्यापार गर्न सफल भएको छ । चलचित्रका निर्माता करण जोहरले ट्वीटर मार्फत यसबारे जानकारी दिएका छन् ।

करिब ५ सय ४३ करोड बजेटमा निर्माण भएको चलचित्रले शुरुवाती दिनमै ‘२.०’को हिन्दी संस्करणले मात्र उत्तरी भारतमा २० करोडको व्यापार गरेको थियो । जब कि, दक्षिण भारतको तामिल, तेलुगुलगायतका भाषामा ८० करोडमाथिको व्यापार गरेको थियो । शुरुवाती दिनबाटै राम्रो ब्यापार गर्न सफल चलचित्र ‘२ ०’ रिलिज अघिनै दक्षिण भारतमा अधिकांश मल्टिप्लेक्स हलमा चार दिनको टिकट बिक्री भइसकेको थियो। चलचित्र २९ नोभेम्बर बिहीबारदेखि विश्वव्यापी रूपमा रिलिज भएको थियो ।

चलचित्र अब चीनमा पनि ब्यापक रुपमा रिलिज हुने भएको छ। चलचित्रलाई चीनमा एचवाइ मिडियाले रिलिज गर्दैछ। जसले ठूला हलिउड चलचित्रहरु वितरण गर्दै आएको छ । आउने वर्षको मेमा चलचित्र चीनका करिब ५६ हजार पर्दामा रिलिज हुने जनाइएको छ जसमा ४७ हजार पर्दामा चलचित्रको थ्री डी संस्करण रिलिज हुनेछ।