गरुढ पुराणः कभर भिडियो बनाउनेलाई ५० हजार

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

चलचित्र ‘गरुढ पुराण’ टिमले प्रचारप्रसार लाई बलियो बनाउने उद्देश्यले चलचित्रमा समावेश ‘म त पिरिम मा’ बोलको गीतको कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ । मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसर लगायतका पुरस्कार पाउने बताइएको छ ।

निर्देशक सुवास कोइरालाका अनुसार प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर क्रिएसन मनानीको जिमेलमा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युट्यव च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताए ।

दिनेस राउतको शब्द रहेको गीत ‘म त पितिममा’ मा कोसिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन । गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको सङ्गीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियङ्का सिंह र अन्जली योन्जनको दमदार नृत्य देख्न सकिन्छ ।  चलचित्र माघ ४ गते प्रदर्शनमा आउने तयारीमा छ ।