मंसिर, काठमाडौं ।

विश्व सुन्दरी २०१८ को उपाधि मेक्सिकोले जितेको छ । मेक्सिकोका लागि २६ बर्षिया सुन्दरी भनिसा पोन्सले उपाधि जितेकी हुन् । चीनको सान्यामा सम्पन्न प्रतियोगितामा विश्व सुन्दरी भनिषाले बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै विश्व सुन्दरी प्रतियोगिता जित्न सफल भएकी हुन् । उनी मेक्सीकोकी मोडल समेत हुन् । विश्व सुन्दरी प्रतियोगिता २०१७ की विजेता मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरिन् । प्रतियोगीतामा थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।

टप १२ मा नेपाल
मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेको नेपाल अन्तिम २० सम्म मात्र पुग्न सफल भयो । नेपालको प्रतिनिधित्व गरेकी २३ बर्षिया शृंखला खतिवडा फाइनलको पहिलो चरण पार गर्दै अन्तिम १२ सम्म पुगेर त्यो भन्दा अघि जान सकिनन् । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी थिइन् । प्रतियोगितामा शृंखलाले दुई विधागत अवार्ड जितिन् । सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी थिइन् । आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन् ।

प्रतियोगीतामा शृंखलालाई बलियो प्रतिस्पर्धी मानिएको थियो । शृंखला फाइनल प्रतियोगीतामा नेपाली झण्डा सहित सहभागी भएकी थिइन् । ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट विश्व सुन्दरी भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल शृखला खतिवडामा सबैको ध्यान पुगेको थियो । विश्व शुन्दरी प्रतियोगितामा २०१८ मा १ सय २१ देशका सुन्दरीहरुले सहभागिता जनाएका थिए । यसअघि सन् २०१३ मा इशानी श्रेष्ठ टप टेनमा पुग्न सफल भएकी थिइन् ।